Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जगदम्बा स्टिल्सका जस्तापाता एशिया, अफ्रिया, युरोप र अमेरिका निर्यात हुन थाले 

देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । 

 

नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका उत्पादनहरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको छ । कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरु, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ । 

 

जगदम्बा स्टिल्सले केही समय अगाडी मात्रै ‘सीआर सिट एण्ड कोइल्स’हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

 

‘उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तरता हाम्रो प्रतिवद्धता तथा प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चितार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ ।’, जगदम्बा सुपर साइन र ग्याल्भाप्लसको तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै जगदम्बा स्टील्सका प्रवक्ताले भने, ‘यससंगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।’  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै