
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरीपत्र बुझाएका हुन् ।
अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए । उनीहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानबिनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए ।
‘अहिलेसम्मका सबै पूर्वप्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका पनि सबै पूर्व न्यायाधीशहरु, त्यसैगरी नेपाल बार एसोसिएसनको नेतृत्व, बेञ्च बार समन्वय समिति नामको बिचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो र बिचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित न्यायाधीशहरु समेत सम्मिलित उच्चस्तरीय समितिले गरेको अध्ययन प्रतिवेदनले पनि त्यो समन्वय समिति पनि विचौलिया कमिटी हो भनेर भनेको हुनाले त्यो समन्वय समितिमा रहेका न्यायाधीशहरु, पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व, वर्तमान नेतृत्व समेत त्यसमा संलग्न रहेको त्यही प्रतिवेदनले पुष्टि गरेको छ । उहाँहरुले गलत ढंगले भ्रष्टाचार गरेर कमाएको सम्पतीलाई अन्यत्र उपयोग गरेर शुद्धिकरण गरिएको हाम्रो ठहर छ । यो सम्पति शुद्धिकरणसँग सम्बन्धित विषय भएको हुनाले यो विभाग सम्वद्धता यो प्रश्नमा राख्छ । त्यसैले सम्पति शुद्धिकरण अनुसन्धान विभाग समक्ष आज यो उजुरीपत्र प्रस्तुत गर्न लागिरहेका छौँ,’ अधिवक्ता नेपालले भने ।
अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनका परिवारका सदस्यउपर पनि छानबिन गरिनुपर्ने माग गरेको छ ।
order cialis 10mg without prescription - cialis 20mg for sale order cialis pill
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order cialis 10mg without prescription - cialis 20mg for sale order cialis pill