
गैरआवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य उपकरण र सामग्री नेपाल आइपुगेको छ ।
कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री लिएर उडेको अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
सहयोग अभियानमा नेपाल पुगेका गैर आवासीय नेपाली संघ अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीका अनुसार भोलि बुधबार सबै उपकरण र सामग्री सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
सहयोग अभियानमा जोडिएका दाताहरू, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकारप्रति गैरआवासीय नेपाली संघ परिवारले धन्यवाद ज्ञापन गरेको छ ।
राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit