
राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् ।
उनले बुधबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । सेनाले औपचारिक र शिष्टाचार भेट भनेपनि यसलाई सामान्य मान्न नसकिने जंगी अड्डा स्रोतले जानकारी दियो । प्रधानसेनापति र राजदूत क्वात्राबिच कालापानीका बिषयमा कुराकानी भएको स्रोतको दाबी छ ।
उसका अनुसार कालापानी विवाद समाधान नभए दुई देशबिचको सम्बन्ध बिग्रने र यसको फाइदा छिमेकी चीनलाई हुने दिल्लीको निश्कर्षपछि
भारतले नयाँ रणनीति अख्तियार गरेको छ । उसले कालापानीमा पछि हटेर भएपनि नेपाललाई आफ्नै पोल्टामा राखिरहने दाबी स्रोतको छ ।
जंगी अड्डामा यही बिषयमा छलफल भएको हो ।
सेनाले जारी गरेको बिज्ञप्तीमा प्रधानसेनापति थापा र राजदुत क्वात्रा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
भारतीय राजदूतले भेटे प्रधानसेनापति - Pardafas FFP3 Protective Mask EN149 with CE
भारतीय राजदूतले भेटे प्रधानसेनापति - Pardafas tpmvhhjxq http://www.g39h2n4br62u244m1g2yvwa4qa8784svs.org/ atpmvhhjxq [url=http://www.g39h2n4br62u244m1g2yvwa4qa8784svs.org/]utpmvhhjxq[/url]
भारतीय राजदूतले भेटे प्रधानसेनापति - Pardafas FFP3 Protective Mask EN149 with CE
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
भारतीय राजदूतले भेटे प्रधानसेनापति - Pardafas tpmvhhjxq http://www.g39h2n4br62u244m1g2yvwa4qa8784svs.org/ atpmvhhjxq [url=http://www.g39h2n4br62u244m1g2yvwa4qa8784svs.org/]utpmvhhjxq[/url]