नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए ।
उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए ।
वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी हुनुहुन्थ्यो । भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit