Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

स्वास्थ्य मापदण्ड पालना गर्न नेपालीलाई भारतस्थित नेपाली दूतावासको अपिल


भारतस्थित नेपाली दूतावासले भारतका विभिन्न राज्यमा कोरोना संक्रमण अत्यधिक रुपमा बढिरहेको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सचेत हुन आग्रह गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सुरक्षित रहन आग्रह गरेको हो । 

 

दूतावासले संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी काममा बाहेक घरबाट बाहिर नकिस्कन, भीडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूूरी अपनाउन अनुरोध गरेको छ । 

 

यस्तै, स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको मोबाइल नम्बर र इमेलमा सम्पर्क गर्न पनि अनुरोध गरिउको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै