Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

तनहुँ महिला सेलकी हवल्दार १० हजार घूस सहित पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई १० हजार रुपैयाँ घूस रकम सहित नियन्त्रणमा लिएको छ । 

 

भण्डारीले नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत उक्ता रकम मागेको अख्तियारले जनाएको छ । 


अख्तियारको पोखरा कार्यालयबाट गएको टोलीले हवल्दार भण्डारीलाई रकम सहित कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

एउटा अब्बल शिक्षालय नेकः लोभी–पापी नेतृत्वले घूस र ठगीको अड्डा बन्यो

उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा  मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

पुस २९, २०७७