
नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भए भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिछबद्धता व्यक्त गरेकी छिन् ।
शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भए महानगरलाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन् ।
उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने सबैको भावनालाई कदर गरेर अघि
बढ्ने योजना रहेको बताइन् ।
सिंहले आफूले परिवारवादको कारण टिकट नपाएको उल्लेख गरिन् । उनले आफूलाई पार्टीले सर्वसम्मतरुपमा मेयरको रुपमा अघि सारेको बताइन् ।
उनले गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको बताएकी हुन् ।
उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit