Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानसेनापति शर्मा र लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायण

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच आज भेटवार्ता भएको छ । 

 

 

जनरल पीएन अनन्त नारायणले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

 

 

उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

प्रतिक्रिया

23
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै