
पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् ।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तरंगका कलाकारहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा चर्चित गायक राम कृष्ण ढकाल,
अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको उपस्थिति रहेको थियो ।
युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit