
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् ।
निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई , जुँधेर चार, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् ।
गत साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र गत असोज ११मा धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेका अवस्थामा बुढो भएर मरेको छ ।
खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे । सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र ४ भाले चित्तल मरेका हुन् । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका जनाइएको छ । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको उनले जानकारी दिएका छन् ।
त्यस्तै, प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् । ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन वटा विभिन्न जनावर मरेको तिवारीले बताएका छन् । मगर गोही गाडीले किचेर मरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणले मर्ने वन्यजन्तुको सङ्ख्या घटाउन आवश्यक सावधानी अपनाइएको जानकारी दिएका छन् । निकुञ्जभित्र चोरी शिकारीका कारणले भन्दा प्राकृतिक कारणले अधिकांश वन्यजन्तु मरेका हुन् ।
निकुञ्ज बाहिर राष्ट्रिय वन र वरण्डाभार क्षेत्रमा सवारी साधनले किचेर मरेका वन्यजन्तुको तथ्याङ् डिभिजन वन कार्यालयले राख्ने गर्दछ ।
скільки триватиме війна скільки ще буде тривати війна в україні скільки триватиме війна в україні 2022
order cialis 10mg online cheap - buy cialis 10mg pill cialis 20mg oral
скільки триватиме війна скільки ще буде тривати війна в україні скільки триватиме війна в україні 2022
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order cialis 10mg online cheap - buy cialis 10mg pill cialis 20mg oral