Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् । 

 

बिहीवार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अब नियमित कामका साथै ‘ओभरल प्लानिङ’को गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए ।

 

‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ,’ उनले भने ।

 

उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै