Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढ वासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

 


आइतवार माइतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनतामा नैराश्यता पैदा भएको बताए ।

 

 

उनले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गरे । निर्णय पुनरावलोकन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिए । प्रदर्शनकारी खड्काले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएकोले सबै सांसदहरु एकजुट भएर विकासको योजना अघि बढाउनु पर्ने बताए । 

 

 

प्रदर्शनकारीहरुले के विकास र समृद्धि अधिकार होइन र हे अदालत ?, वातावरणको नाममा विकास रोक्न पाइँदैन, सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनःविचार गर् लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।

 

 

सर्वोच्च अदालतले गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै