
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगको आचारसंहिता अभिव्यक्ति स्वतन्त्रता विपरीत किसिमको रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजेको आरोप लगाए ।
उनले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै
चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता सच्याएर अघि बढनुपर्ने बताए ।
महामन्त्री शर्माले निर्वाचनमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारलाई सचेतसमेत गराए ।
महामन्त्री शर्माले निर्वाचनमा बेला झुटा आश्वासन बाँडेर नहिँड्न पनि पार्टीका उम्मेदवारलाई आग्रह गरे । झुटा सपना निर्वाचनको बेला देखाउने तर पछि त्यसलाई पूरा गर्न सकिएन भने जनतामा निराशा छाउने अवस्था आउने शर्माको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit