Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राज्यको प्राथमिकतामा नपर्दा सेयर बजार सुरक्षित हुन सकेन : पूर्वगभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका छन् । 

 

पूर्वगभर्नर नेपालले नेपाली सेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका हुन् । उनले ७ वर्ष अगाडि सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको तर त्यसपछि कुनै परिर्वतन नभएको जनाए । 

 

पूर्वगभर्नर नेपालले लामो समयदेखि पँुजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए ।

 

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर, अनुत्पादन क्षेत्र र साम्राज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए । 

 

सेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले सेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको उनको भनाइ छ । 

 

‘बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा सेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन । १० स्थानबाट कार्यालयको काम गरेर हिडेको छ । यो स्थितीमा सेयर बजारको प्रमुख नै छैन । ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । सेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो । ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ,’ उनले भने ।

 

 

‘हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था सेयर बजार हो । यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पु¥याएको छ । मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ । जीडिपी भन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरु ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ,’ नेपालले भने ।

 

पूर्वगभर्नर नेपालले विश्वमा नै सेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सुधीर बस्नेतका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । 

पुस १३, २०७८