Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नारायणी नदीमा नेपाली सेनाको जलउद्धार प्रदर्शनी

नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो । 

 

नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थितिमा प्रदर्शनी गरिएको हो । सो अवसरमा विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयमा भएका तालिम खोज तथा उद्धार कार्यको दौरान खटिदा सिकेका पाठ तथा नेपाली सेनासँग उपलब्ध स्रोत एवं साधन व्यवस्थापन क्षमतामा आधारित प्रदर्शनी गरिएको हो । 

 

प्रदर्शनीका क्रममा नारायणी नदीमा पल्टिएको डुंगााका यात्रुको शकुशल उद्धार गरी देखाइएको थियो । उद्धारमा उपयोग हुने महत्वपूर्ण आधुनीक उपकरणहरुका बारेमा जानकारी गराइएको थियो । उद्धारमा सहभागीहरुलाई निर्देशन दिँदै ढकालले नेपाल भौगोलिक हिसाबले सम्वेदनशील भएकाले जुनसुकै बेला जहाँ कही विपद् पर्न सक्ने भन्दै सिकेको सीपलाई उपयोग गर्न तयारी अवस्थामा रहनुपर्ने बताए । 

 

नेपाली सेनामाथि आमनागरिकको विश्वास रहेको भन्दै उनले विपदमा साथ दिनका लागि तालिमबाट अधिकतम सीप लिएर कार्यक्षेत्रमा खटिन निर्देशन दिए । विपद् व्यवस्थापन गण नम्बर २ विपद् व्यवस्थापन गण, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, कालिबहादुर गण र सिंहनाथ गण कमाण्डोद्वारा संयुक्त रुपमा प्रदर्शनी गरिएको हो । 

 

नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत काठमाडौंमा रहेको गणले पूर्व र चितवनमा रहेको २ नम्बर गणले पश्चिममा विपद्मा उद्धारमा खट्ने गर्दछ । नेपाली सेना सबै खालका विपद्का समयमा उद्धारमा जुट्ने गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै