Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

क्यान इन्फोटेक मेला माघ १८ देखि सुरु हुने

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ । 

 

महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष नवराज कुवरले गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएको बताए । 

 

उनले गत वर्षको निरन्तरता स्वरुप इन्फोटेक–२०२२ लाई विशेष बनाउन खोजेको जनाए । अध्यक्ष कुँवरले यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औं संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने बताए । 

 

उनले इन्फोटेकमा होटल महासंघसँगको सहकार्यमा फुटका स्टलहरु पनि राखिने जानकारी दिए । कोरोना महामारीले सुचना प्रविधि के हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिकाएकाले इन्फोटेक–२०२२ अझ महत्वपूर्ण हुने अपेक्षा रहेको उनको भनाइ थियो । 

 

महासंघले सूचना प्रविधिको प्रर्वद्धन समेत गर्ने भएकाले इन्फोटेक–२०२२ मा प्रवेश शुल्क १ रुपैँया राखिएको उनले जनाए । ‘गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएका थिएनौं । यो वर्ष गत वर्षको निरन्तरता स्वरुप इन्फोटेक–२०२२ लाई विशेष बनाउन महासंघले खोजेको छ । यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औं संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने तयारी हो,’ अध्यक्ष कुँवरले भने ।

 

इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेबाट सुरु भएर २३ गते ६ दिनसम्म चल्ने छ । इन्फोटेक प्रदर्शनीको लागि पौस १३ गतेदेखि बुकिङ खुल्ला हुने भएको छ । क्यान इन्फोटेकको २०२२ मा ३ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै