Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

देशभर रहेका बेवारिसे शवको व्यवस्थापन सहज हुने, सरकारले बनायो निर्देशिका 

सांकेतिक तस्वीर ।

बेवारिसे शवको बायोमेट्रिक औंठाछाप र डीएनए नमूना सङ्कलनपछि मात्रै व्यवस्थापन गर्ने व्यवस्थासहितको निर्देशिका मन्त्रिपरिषद्ले स्विकृत गरेको छ । बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो । 

 

 

निर्देशिका अनुसार अब  अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेब पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढीभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको बायोमेट्रिक औँठा छाप र डीएनए नमूना सङ्कलन भएको यकिन भएपछिमात्रै शव व्यवस्थापनको व्यवस्था मिलाउने छ ।  

 

 

अस्पताल, सरकारी वकिल र प्रहरीका लागि टाउको दुखाईको बिषय बनेको बेवारिसे शव व्यवस्थापन निर्देशिकाको अभावमा लथालिङ थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै