Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय


सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

 

 

गृहमन्त्री थापाले माघ १ मा बिदा दिन मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेका थिए । नेपाल मगर संघले आज गृहमन्त्री रामबहादुर थापालाई भेटेर उक्त दिनमा बिदा दिन ज्ञापनपत्रसमेत बुझाएको थियो ।

 

 

उक्त दिनलाई हिन्दू धर्मावलम्बीले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व र मगर समुदायले विशेष चाडका रुपमा मनाउँछन् । 

 

प्रतिक्रिया

75
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै