Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

जघन्य अपराध हुनै नदिने गरी सरकारले आवश्यक कानुन बनाउँछ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 


बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो अभिव्यक्ति आएको हो । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए ।

 

त्यस अवसरमा गृहमन्त्री खाणले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि कानुनी शासन र लोकतन्त्रको सुदृढीकरणमा जोड दिन पनि सरकारवाला सबैलाई प्रतिबद्ध हुन पनि उनले आह्वान गरे । 

 


गृहमन्त्री खाणले राष्ट्रिय मानव अधिकार आयोगको स्वयत्तता र स्वतन्त्रलाई आँच नआउन नदिन सरकार प्रतिबद्ध रहेको बताए । 

 


त्यसका लागि सरकारले आवश्यक कानुन परिमार्जन गर्न संसदमा विधेयक पेश गरेको उनको भनाइ छ । खाणले भूकम्पबाट क्षतिग्रस्त आयोगको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणको कामलाई सरकारले छिट्टै अघि बढाउने आश्वासन समेत दिए । 

 


खाणले नेपालमा मानव बेचविखन हुन नदिन राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले खेलेको भूमिकाको पनि प्रशंसा गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै