Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नेपाल प्रहरीका ३२२ जना सईको तेस्रो सूचीमा वरिष्ठ सईमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा ३२२ जनाको बढुवा सिफारिस गरेको छ । 

 

प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका ३२२ जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०६७ र २०६८ मा प्रहरी सेवामा भर्ना भएकाहरु हुन् । 

 

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा शुबmबार १७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो ।

 

को परे बढुवामा हेरौं सूचीः 

  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै