Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ


संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् । 

 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो । 

 

 

व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले सुनुवारलाई समातेको ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार सुनुवारको साथबाट चरिबाघको २ थान छाला बरामद गरिएको  छ । 

 

 

सुनुवारलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै