
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे ।
उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पु¥याउनु पर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे । ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला,’ उनले भने ।
सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्षयता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए ।
मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाईमा पु¥याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा विस्तार गर्नेदेखि ऐन, कानून मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भूमिका रहने पनि बताए ।
‘स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मभारीको समायोजनदेखि लिएर यहाँ जति पनि विषयहरु उठे त्यसको विषयमा समीक्षा गर्न आज नै स्वास्थ्य मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानून मन्त्रालय लगायतका मन्त्रालयहरुको टोलि प्रतिनिधित्व रहनेगरी काम गर्ने प्रवन्ध मिलाउनेछु,’ उनले भने ।
स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरुमा समीक्षा गर्न प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानून मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रवन्ध मिलाउने प्रतिबद्धतासमेत जनाए । यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित स्वास्थ्य सेवा दिवस मनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध उनकै दलका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव ल्याएपछि केन्द्रमा राजनीतिक दौडधुप बढेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit