Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

यातायात कार्यालय एकान्तकुनामा प्रदेश मन्त्रीको छड्के 

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । 

 

 

उनले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानुनी कामलाई पनि अघि बढाएर लैजाने बताए । 

 

 

उनले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए । उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए ।

 

 

‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरु हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरु छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ । ठूला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन । त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि मुख्य समस्याको रुपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ’ उनले भने ।

 

 

‘अर्को समस्या भनेको जसले लाइसेन लिनुभएको छ, त्यतिबेला त्यो लाइसेनको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले लास्टमा सही गर्ने बेलामा कतै न कतै त्रुटी गरेका छन् । त्यो के कारणले भयो ठ्याक्कै हामी अहिले नै भन्न त सक्दैनौँ । त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरु पनि समस्या भोगिरहेका छन् । एकातिर हेर्दा उहाँहरुसँग स्मार्ट लाइसेन छ । यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ । त्यो समस्या छ । यातायात क्षेत्रमा अलि बढी कार्यालयमा पनि ती समस्या आइ नपुग्ने, बीचमा केही मान्छेहरुले कार्यालयहरुलाई बद्नाम गराउनतिर अलि बढी खोजे बिचौलियाहरुले । बिचौलियाहरुलाई रोक्नको लागि हामीले काार्यलयलाई पनि कडा निर्देशन गरेका छौँ । पत्रकारहरुले पनि बेला बेलामा आएर बिचौलियाहरुको बारेमा एस्पोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीहरुले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ । त्यो हुँदा कतिपय डुब्लिकेशनलाई पनि रोक्न सक्छौँ’ उनले भने ।

 

 

उनले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए  ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

बहुराष्ट्रिय कम्पनी कोकाकोलामा राजस्वको छापा, ठुला मिडिया ‘तै चुप मै चुप’

समाचार प्रकाशन गृहका लागि यो एउटा ‘बीग न्यूज’ हो । र, नेपालमा लोकप्रिय पेय पदार्थभित्रको कालो कर्तुत थाह पाउने उपभोक्ताको अधिकार पनि । तर अचम्म घटना भएको ६ दिन  बित्दा सम...

माघ १३, २०७८

नेपाल र इजरायलबीच कामदार लैजान सम्झौता

इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ

माघ १३, २०७८