Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

माओवादी केन्द्रको महाधिवेशन सुरु, नेतृत्व चुन्न १६ सय प्रतिनिधि सहभागी

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । 

 

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शिर्ष नेताहरु सहभागी छन् ।

 

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृहजिल्ला झापामा रहनु भएकाले महाधिवेशनमा सहभागी भएका छैनन् ।

 

महाधिवेशनमा देशभरबाट करिव १ हजार ६०० प्रतिनिधिहरु सहभागी भएका छन । ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार सबै