Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

एमालेको महाधिवेशनबाट देउवाले दिए सहकार्यको सन्देश

फाइल तस्बिर

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्ने बताएका छन् ।

 

आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिँदै उनले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्न सकिने बताएका छन् । उनले नेकपा एमालेले सरकारका विविध विधान अनुसार थिति बसाल्ने काममा साथ दिनुपर्ने पनि बताएका छन् । उनले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने पनि बताएका छन् ।

 

‘हामी दलहरुबीच सद्भाव, छलफल र संविधानसंवाद मार्फत् हरेक समस्याको समाधान निकाल्न चाहन्छु । नेकपा एमालेका अध्यक्ष ओलीजी लगायत जेलमा पनि हामी उहाँका साथीहरु लगायत, बामपन्थी साथीहरु लगायत म पनि हामी सबै जेलका साथीहरु हौँ । जेलमा हामी जेलमेट पनि हौँ । यी सबै कुराहरु हामीले सबै भोगेका पनि हौँ । हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिती नआओस् भनेर सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई । मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिवद्ध छ । नेकपा एमालेले सरकारका विविध विधानअनुसार थिति बसाल्ने काममा साथ दिनुपर्छ’ उनले भने । 

 

उनले कोभिड १९ ले आक्रान्त भएको बेला सबै जनतालाई कोरोनाबिरुद्धको खोप पु-याउनु आफ्नो पहिलो लक्ष्य भएको र त्यसै अनुसार लक्ष्य हासिल गरिरहेको पनि बताएका छन् । उनले सबैको सहयोगबाट संसद भित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिबद्ध रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

1
  • Ywkcpc

    फाल्गुण २, २०७८

    order tadalafil generic - tadalafil for sale online buy tadalafil 5mg online cheap

प्रतिकृया थप्नुहोस्
  • Ywkcpc

    फाल्गुण २, २०७८

    order tadalafil generic - tadalafil for sale online buy tadalafil 5mg online cheap

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै