Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

आयोगले मागेको जवाफ नदिने सार्वजनिक कार्यालयका अधिकारीसँग प्रमुख आयुक्तको गुनासो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको भवन निर्माण भएसँगै आयोगले मातहतका सवै प्रदेशस्थित कार्यालयहरु तथा सम्पर्क कार्यालयको आफ्नै कार्यालय भवन निर्माणको कार्यले पूर्णता पाएको छ । 

 

 

आयोगको सुर्खेतस्थित कार्यालयमा आयोजित एक विशेष समारोहकावीच प्रमुख आयुक्त प्रेम कुमार राईद्वारा नवनिर्मित भवनको समुद्घाटन गरिएको छ। 

 


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आयुक्त  राईले आयोगले निर्दिष्ट गरेका चारवटा रणनीतिहरू मध्ये संस्थागत क्षमता विकास अन्तर्गत मातहतका सबै कार्यालयहरूको आफ्नै कार्यालय भवन निर्माण गरी कार्य सञ्चालन गर्ने लक्ष्य रहे अनुसार यस सुर्खेत कार्यालयको समेत भवन निर्माण सम्पन्न भएको पाउँदा खुशी लागेको बताए । 

 

 


भवन निर्माण सम्पन्न भएसँगै कार्यलयको दैनिक काम कारवाही र उजुरी छानविन तथा अनुसन्धानमा सहजीकरण भई आन्तरिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै प्रमुख आयुक्त राईले आयोगको सुर्खेत कार्यालयको कार्यक्षेत्रका सार्वजनिक निकायहरुबाट भ्रष्टाचार रहित र सदाचारयुक्त कार्यसम्पादनको लागि सचेतना, पूर्वसावधानी, निगरानी, छानविन तथा अनुसन्धानमूलक कार्यहरू सञ्चालन गर्न थप योगदान पुग्ने बताए । 

 

 

उजुरी परेपछि आयोगले पटक-पटक जवाफ माग गर्दापनि नदिने सम्वन्धित कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन आयोगको कार्यविधि २०७८ ले मार्ग निर्देशन गरेको बताए । उनले सार्वजनिक निकायका अधिकारीहरूबाट संविधान तथा कानून बमोजिम आयोगलाई प्राप्त जिम्मेवारी सम्पादनमा सहयोग, ऐक्यवद्धता र साथ मिल्ने तथा आयोगले वार्षिक प्रतिवेदन मार्फत र समय समयमा विषयगत क्षेत्र सुधार सम्बन्धमा प्रदान गरेका सुझाबहरूको गंभिरतापूर्वक कार्यन्वयन गर्न प्रमुख आयुक्त राईले आग्रह गरे । 

 

 

आयोगका सचिव तोयम रायाले आयोगले निष्पक्ष, निर्भिक र बस्तुनिष्ठ भई शिघ्रता र सघनताका साथ कार्य गर्ने बताउँदै आयोगका कर्मचारीले समेत ईमान्दार, अनुशासित र प्रतिवद्ध भएर काम गर्न निर्देशन दिए। सबै पक्ष, निकाय र व्यक्ति मिलेर कार्य गर्दा जिम्मेवारीसहित सुशासन पनि कायम हुने बताउँदै आयोगमा उजुरी पर्दैमा कार्य रोक्न नहुने कुरामा जोड दिए।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै