Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

८.०३ अंकले बढ्यो नेप्से परिसूचक 

शेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि बढेको छ । 

 


पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ । बिहीवार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० बिन्दुमा पुगेको छ ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको छ ।

 

 

बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से सामान्य अंक बढेपनि बिहीवार कारोबार रकम भने न्यून भएको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

 

 

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ । जसमध्ये बैंकिङ उपसमूह सबै भन्दा बढी ०.९८ प्रतिशतले बढेको छ ।  अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ ।

 

 

बिहीवारको कारोबारमा मेगा बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नारायणी डेभलमेण्ट बैंकको ६.२० प्रतिशत बढेको छ ।

 

तर यता, गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ । सिंगटी हाइड्रो इनर्जी र माउण्टेन इनर्जीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर मेगा बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै