Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

एक चीन नीतिबारे स्पष्ट पार्न सरकारसँग ओलीको माग 

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको सम्बन्धमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् । 

 


बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थी भएको गुम्बामा गएको भन्दै आपत्ति व्यक्त गरे । 

 


सरकारले विदेशी कूटनीतिज्ञ तथा मन्त्रीको भ्रमणलाई कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यता अनुकुल बनाउन नसकेको उनले बताए । 

 


उनले भने, ‘विदेशी कूटनीतिज्ञहरु, मन्त्रीहरु, प्रतिनिधिहरुको भ्रमणलाई न्यूनतम कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउन यो सरकार सक्दैन ।’ 

 

 

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममा बीआरआई परियोजनाको सम्बन्धमा चर्चा नगरेकोप्रति प्रश्न गरे । बीआरआईबाट प्राप्त हुने ऋण अथवा सहयोग सरकारले लिने कि नलिने स्पष्ट रुपमा भन्नुपर्ने बताए । 

 


अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताए । उनले प्रधानमन्त्री देउवालाई सो जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गरे । 

 


 उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्शामा समावेश गराइएको भएपनि वर्तमान सरकारले सो भूमि आफ्नो भन्न नसकेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै