Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमसीसीको अनुदानमा बनेका चारवटा प्रयोगशाला उद्घाटन 

मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यान्वयनको लागि स्थापना गरिएको एमसीए नेपालले सडक विभागका सडक मर्मतसम्बन्धी परीक्षणका लागि आवश्यक विभिन्न उपकरणसहितका चार वटा प्रयोगशाला बनाएको छ ।

 

मंगलबार एक कार्यक्रमका बीच उक्त चारवटा प्रयोगशालाको उद्घाटन गरिएको हो । 

 


सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रूक्सले संयुक्त रूपमा ती प्रयोगशालाको उद्घाटन गरेका थिए । 

 


ती प्रयोगशालाको निर्माण तथा सुपरपेभ आस्फाल्ट मिक्स डिजाइन, फुल डेप्थ रिक्लेमेशन तथा फलिङ वेट डिफ्लेक्टोमिटर लगायतका उपकरणहरूको व्यवस्था एमसीसीबाट प्राप्त अनुदानबाट गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै