Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

गठबन्धन टुट्दैन, सहमतिबाट अघि बढ्छौँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दाबी गरेका छन् ।

 

 

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका छन् । शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया समेत दिएका छन् । 

 

 

‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ’ उनले भने ।

 

 

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन बिभिन्न प्रयास भइरहेको बताउँदै आएका छन्। 
 

प्रतिक्रिया

23
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै