Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ई–सेवा ट्राभल एण्ड टुर्सको ब्रान्ड एम्बेसडरमा विजय लामा नियुक्त

ई–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । 

 

 

ई–सेवाले शुक्रबार एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ । यसअधि नै ई–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताए । 

 

 

उनले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिए । सापकोटाले इ–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताए । उनले  सर्वसाधारणलाई सहज टिकटको व्यवस्था गर्न सेवा सुचारु गरिएको उल्लेख गरे ।

 

 

‘विगत पाँच महिना देखि प्राविधिक रुपमा तयार गरेर आम ग्राहकलाई सुसूचित गर्ने समयमा आएका छौं । अन्तर्राष्ट्रिय हवाई टिकट ग्राहकले सहजै नपाउने जस्ता समस्या छन् । टिकट मूल्य पनि ट्रान्सफरेन्ट तथा अनट्रान्सफरेन्ट कुरालाई हामीले न्यूनकरण गर्न इसेवाको एप्स भित्र नै अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न पाउने व्यवस्था मिलाएका छौं । जसले नेपालमा हवाई सेवा सञ्चालन गर्ने नेपाल एयरलान्स,हिमालय एयरलान्स त्यस्तै अन्तर्राष्ट्रिय हवाई प्रदायक संस्थाहरुलाई पनि व्यापार गर्नलाई सहजता थप्ने छ । हामीसँग काम गर्ने ट्राभल एण्ड टुर्स संस्थाहरु हुनुहुन्छ । उहाँहरुलाई व्यत्तिगतरुपमा सम्पर्क गरेर टिकट खरिद अथवा आफ्नो ग्राहकहरुलाई सेवा दिनुपर्ने जुन अहिलेको व्यवस्था थियो । त्यसलाई पनि सहज गर्नलाई मदत गर्ने छ । यसले अहिलेको ट्राभल एण्ड टुर्सको व्यापारलाई खोस्न खोजेको होइन । नयाँ प्रविधिसँगै काम गर्दै जानुपर्ने भएकाले डिजिटल रुपमा एयरलाइन्स र ग्राहकलाई सहज बनाउने काम गर्छ’ उनले भने ।

 

 

त्यस्तै, ई–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले ई–सेवामार्फत सहयोग गर्ने बताए । उनले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको बताए ।

 

 

‘हवाई सेवाको टिकट सहज रुपमा खरिद गर्नको लागि एप्स बनाइएको छ । यसमा ईसेवालाई ल्याउन पाउँदा खुसी छु । ईसेवाले विस्वास गर्नु भयो। ३५ वर्ष भए छ नेपाल एयरलान्समा जारि खाएको । यो सेवाले नेपालको हवाई क्षेत्रमा सबैलाई फाइदा हुने देखिन्छ । हवाइ यात्रुुहरुले दुख कष्ट गर्नु नपर्ने आफ्नै हातले यात्रा गर्नको लागि टिकट खरिद गर्न सकिन्छ। अबको समय भनेको पेपेरलेस कागज बिनाको समय आउन थाल्यो’ उनले भने ।

 

 

उनले ३५ वर्ष देखि हवाई क्षेत्रमा काम गरेकाले ईसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताए ।
 

प्रतिक्रिया

2
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

उद्यमीहरु निर्वाचनमा ब्यस्त भइरहँदा शेयर बजारमा नयाँ छलाङ

शेयर बजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबै अहिलेसम्मको अधिकतम सीमामा पुगेर नयाँ रेकर्ड बनाएको हो...

फाल्गुण १४, २०७८