Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

तीव्र गतिमा हुईकिएको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै उल्टियो 

काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गंभिर रहेको छ । 

 

रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरकोबस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो । 

 

बसमा तीन जना सवार थिए । 

 

व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै