Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कांग्रेसका निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । 

 

 

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।

 

 

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाण्डौमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै