Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

यस्तो छ कांग्रेसको २० नम्बरसम्मको वरीयता

नेपाली कांग्रेसका नेताहरूको शनिबार वरियता क्रम तोकिएको छ । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकारअनुसार सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् ।

 

 

पहिलो नम्बरमा सभापति देउवा, दोस्रोदेखि १३औंसम्म उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन् । त्यसपछि पूर्वपदाधिकारी अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिलबहादुर थापा छन् । 

 

 

त्यसपछि मात्र सभापतिमा उठेका डा. शेखर कोइरालालाई राखिएको छ । यसअघि १३औं महाधिवेशनमा भने सभापतिमा उठेका रामचन्द्र पौडेल हार भए पनि दोस्रो वरियतामा थिए । 

 

 

यसपटि पौडेल र कृष्णप्रसाद सिटौलाको वरियता दोस्रो र तेस्रो भनिए पनि खुलाइएको छैन । १३औं महाधिवेशनमा कोइराला वरियतामा ३५ नम्बरमा थिए ।

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै