Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

महन्थको नेतृत्वमा अब लोकतान्त्रिक समाजवादी पार्टी

नेपाली कांग्रेशमा आधा जीवन बिताएका महन्थ ठाकुरले त्यहाँबाट बिद्रोह गरेर तराई–मधेश लोकतान्त्रिक पार्टी बनाए । केही समयअघि मधेश केन्द्रीत दलसँग ऐतिहासिक एकतागर्दै उनको तमलोपा समेत मिलेर राष्ट्रिय जनता पार्टी बन्यो । त्यसमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समेत मिल्न गएपछि उनको पार्टी जनता समाजवादी पार्टी बन्यो । तर त्यही पार्टीबाट लखेटिएपछि राजनीतिक जीवनको उतराद्धमा महन्थको काँधमा लोकतान्त्रिक समाजवादी पार्टीको जिम्मेबारी आएको छ । 

 

 

महन्थ नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत बुधबार निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा बुधबार सो पार्टीका नेताहरु तथा सांसदहरुको सनाखत भएको हो । 

 

 

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सरकारले २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए । 

 


लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ । 

 

सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुको पार्टी विधिवत् रुपमा दर्ता भएको बताए ।

 

अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडी बढ्ने उनले बताए । उनले भने, ‘सांसदको हकमा १४ जना सांसद सनाखत गरे । ८ जना चाहिएको थियो, १४ जना सांसद सनाखत गरे, झण्डै ३७ प्रतिशत भयो । कार्यकारिणी समितिमा पुरानो ५१ जनामा १७ जनाको सनाखत भयो । ३३ प्रतिशत सनाखत भयो । चाहिएको भन्दा बढी उपस्थित भएर सनाखत गरेका हुन् । आज विधिवत् रुपमा हाम्रो पार्टी साइकल चिन्हसहित लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ । अब आफ्नो मूल्य मान्यता अनुसार विगतमा बढ्न पाइरहेको थिएन र यो मूल्य, मान्यताको लागि पार्टी आगामी दिनमा संघर्ष गर्छ ।’

 

 

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफुहरुको माग र मुद्धामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिवद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको भन्दै सो माग र मुद्धाको सम्बोधनका आधारमा सरकारसँग सहकार्यका कुरा अगाडी बढ्ने बताए । 

 

 

उनले भने, ‘शेरबहादुरजीले सहयोगको अपेक्षा गर्नुुभयो । हामीले हाम्रा केही कुराहरु राखेका थियौँ त्यो कुरा उहाँले संसदमा ति कुराहरुको प्रतिवद्धता व्यक्त गरेको आधारमा हामीले यो सरकारलाई विश्वासको मत दिएको हो । यो सरकारप्रति हाम्रो धारणा सकारात्मक रहनेछ र हामी सहयोगी भुमिका रहनेछ । अहिलेसम्म हामीले सरकारको बारेमा सोचेका छैनौँ । माग, मुद्दाको समर्थन र सम्बोधनको आधारमा हाम्रो सरकारसँग सहकार्यका कुराहरु अगाडी बढ्छ ।’

 

 

निर्वाचन आयोगले लोसपालाई पार्टी दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै