Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बर्दिया प्रहरीद्वारा आत्महत्या गर्न खोज्ने भारतीय महिलाको उद्धार

बर्दिया प्रहरीले आत्महत्या गर्न खोज्ने भारतीय महिलाको सकुशल उद्धार गरेको छ । बिहीबार साढे ४ बजे भादा नदीमा महिलाले हामफालेको खबर आएपछि प्रहरी उद्धारका लागि खटिएको थियो । 

 

प्रहरी नायब निरीक्षक मणिराज भट्टको कमाण्डमा खटिएको टोलीले महिलाको उद्धार गरेको हो । आत्महत्या गर्न खोजने महिला भारत घर भई बहराइच थाना मोतीपुर ग्राम बलैगाउँ बस्ने ४० वर्षीया जलदैया थारु रहेकी छन् । 

 

 

प्रहरीले भारतको जिल्ला बहराइच थाना मोतीपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनलाई श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाएको जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै