Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

 

गत ८ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

 


महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका डीआईजीहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका डीआईजीहरूलाई उनले निर्देशन दिए । 

 


उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै डीआईजी नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।  

 


समारोहमा नेपाल प्रहरीका एआईजीहरु, डीआईजीहरु र अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै