
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना गर्ने सहमति भएको छ ।
सोमबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुको बीचमा उक्त सहमति भएको हो ।
यो रणनीतिक सहकार्यले दुवै पक्षलाई आगामी दिनमा व्यापार, प्रविधि र सुरक्षाबारेको चुनौती सामना गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ । साथै यसले भारत र ईयूबीचको व्यापारिक सहकार्य पनि बढ्ने अनुमान छ ।
भेटको क्रममा दुवै पक्षले पछिल्लो भू–राजनीतिक चुनौती बढ्दै गएकाले ईयू र भारतबीचको सहकार्य बढाउनु जरुरी रहेको बताएका थिए ।
यसले प्रक्रियागत राजनीतिक निर्णय, प्राविधिक कार्यमा सहकार्यलगायतका विषयमा सहयोग पुग्ने अपेक्षा छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार यो सहकार्य भारत र ईयू दुवैको लागि आर्थिक हिसाबमा पनि महत्वपूर्ण हुन सक्ने विश्वास व्यक्त गरिएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षको अवसरमा भारत र ईयूबीच यो सहमति भएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit