
आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा १७ जना नयाँ मन्त्री नियुक्त भएका छन् । श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै १७ जना नयाँ मन्त्री थप गरेका हुन् ।
मन्त्रिपरिषद विस्तार गरेपछि मुलुकको राजनीतिक संकट तथा आन्दोलनलाई पनि व्यवस्थापन गर्न सहज हुने अपेक्षा छ ।
त्यस्तै प्रशासनिक तथा सार्वजनिक काम पनि अबको दिनमा तीव्र गतिमा सम्पन्न हुने राष्ट्रपतिको अपेक्षा छ । सोमबार नै सबै नयाँ मन्त्रीले शपथ लिइसकेको राष्ट्रपति कार्यालयले बताएको छ ।
राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रीपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीमध्ये आठजना पुराना मन्त्री नै दोहोरिएका छन् ।
यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रीपरिषद्का सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए ।
देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit