
साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २३९ कम्पनीको ५० लाख ४७ हजार कित्ता शेयर २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमा होटल तथा पर्यटन ०.१३ प्रतिशत र म्युचुअल फण्ड ०.८२ प्रतिशतले बढेको छ ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत र विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमूल्य ५.३३ प्रतिशत घटेको छ ।
रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्टको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit