Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

योगीको शपथ समारोहमा नेपाली सांसद टोली सहभागी हुँदै

भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री बन्न लागेका योगी आदित्यनाथको शपथ ग्रहण कार्यक्रममा नेपालबाट सांसदहरुको टोली सहभागी हुने भएको छ । दोस्रो कार्यकालका लागि मुख्यमन्त्री चुनिएका योगी आदित्यनाथले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

 

बिहीबार नेपाली सांसद टोली भारततर्फ प्रस्थान गरेको हो । टोलीमा सत्तारुढ नेपाली कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल छ । 

 

टोलीमा कांग्रेस कपिलवस्तुका पूर्वसभापति राजेश आचार्य, लुम्बिनी विकास कोषका पूर्वसदस्य राजेश ज्ञवाली, कपिलवस्तु क्षेत्र नम्बर ‘क’का कांग्रेस उम्मेदवार अजय थापा छन् ।

 

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो राज्य हो । सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

योगीको नेतृत्वमा भाजपाले उत्तर प्रदेशमा २७३ सीटमा जित हासिल गर्दै लगातार दोस्रोपटक सत्ता सञ्चालन गर्न लागेको हो । भाजपाले योगीलाई मुख्यमन्त्रीका लागि संसदीय दलको नेता चुनिसकेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सेनाध्यक्ष आउनु अघिल्लो साँझ भारतले दियो एक अर्व रुपैयाँ 

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ।  भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रम...

चैत ११, २०७८