Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपाली सेनाका पाँच महासेनानी सहायक रथीमा बढुवा

नेपाली सेनाका पाँच जना महासेनानी सहायक रथीमा बढुवा भएका छन् । उनीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे । 

 

बढुवा हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, ४ नम्बर बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी कमाण्ड हेड क्वाटरका सन्तोषराज पाण्डे, २६ नम्बर  वाहिनी अड्डाका लक्ष्मण थापा र सैनिक इन्टेलिजेन्स कोरका सुरत रावल छन् ।

 

बढुवा भएका ढकाल र पाण्डे २८ बेसिक र रावल २९ बेसिकका सैनिक अधिकृत हुन् । 

 

सैनिक नियमावली अनुसार सहायक रथी बढुवाका लागि शैक्षिक योग्यता स्नातक चाहिन्छ । तर बढुवा भएका ढकाल, पाण्डे र रावल स्नातक उर्तिण होइनन् । अब्बल कार्यक्षमता भएका यी तीन अधिकृत यही कारण लामो समयदेखि बढुवाबाट बञ्चित थिए । 

 

अहिले आएर प्रधानसेनापति शर्माले सैनिक नियमावलि अनुसार कानून र रक्षा मन्त्रालयको सल्लाह र सुझाव अनुसार उनीहरुको बढुवा गरेका हुन् । यी तीनको बढुवाकाे प्रमुख आधार लामो अनुभव र संगठनको आवश्यकतालाई मानिएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै