Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

वालिङका प्रहरी इन्चार्ज बने पुलिस अफ दि मन्थ 

वडा प्रहरी कार्यालय वालिङ स्याङजामा  कार्यरत प्रहरी निरीक्षक हरीप्रसाद पौडेल पुलिस अफ दि मन्थ बनेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय स्याङजले पौडेललाई कार्यालय प्रमुखको रुपमा जिम्मेवार बहन गरी आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी बिभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरु पक्राउ गरेको भन्दै पुरस्कृत गरेको हो । 

 

पौडेलले आफ्नो कार्यक्षेत्रमा अबैध घरेलु मदिरा नियन्त्रण गर्नुका साथै लागु औषध सहित मानिस पक्राउ र ओसारपोसार  रोकथाम गरेको स्याङजा प्रहरीले जनाएको छ । 


प्रहरी निरीक्षक पौडेलले अपराधको सफलता पूर्वक  अनुसन्धान तथा  नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम राखी प्रहरीको छबी उच्च बनाएको दाबी स्याङजा प्रहरीको छ । 


पौडेललाई स्याङ्जा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले कदर–पत्र प्रदान गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै