Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नर्भिकले नि:शुल्क ओपीडी पुन: सुरु गर्दै

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको नि:शुल्क ओपीडी अभियान यो सातादेखि पुन: सुरु हुने भएको छ । 

 

नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनु अघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा संचालन गर्दै आएको थियो । अस्पतालको अनुसार सो अभियान कोभिडको तेश्रो लहर सुरु भएपछि केही साता बन्द गर्नु परेको थियो । 

 

 

कोभिडको तेश्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिवारको नि:शुल्क ओपीडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो । यस निर्णय अनुसार शनिबार नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । शनिबार प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिने पनि अस्पतालले जानकारी गराएको छ । 

 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा संचालन हुने समय समेत अस्पतालले परिवर्तन गरेको छ । बिहान १० देखि १२ बजेसम्म संचालन भएको सेवा शनिबारदेखि बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन हुने अस्पतालले जानकारी दिएको छ । 

 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई नि:शुल्क परामर्श सेवा लिन सक्ने पनि अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै