Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

स्थानीय निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता 

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । 

 

 

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिएका छन् ।

 

 

उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरेका छन् । 

 

 

‘स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निर्वाचन आयोगले जारी गरेको छ । र, हाम्रो पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि आएको थियौं । दल दर्ता गरिएको छ । र, यसपटक स्वभाविक रुपमा एउटा नयाँ प्रक्रिया हामीले आरम्भ गरेका छौं, निर्वाचन कानुन अन्तरगत । समग्रतामा केन्द्रको तर्फबाट पार्टी अध्यक्षले नै र प्रदेशको तर्फबाट प्रदेश अध्यक्षहरुले नै सिफारिस गर्न पाउने खालको प्रबन्धसहित दल दर्ता गरिएको छ । नेकपा एमालेले सुरुदेखिनै जनताको जनादेश अपरिहार्यताको पक्षमा पक्षपोषण गर्दै आएको थियो । र, हामीले नखोसिने लोकतन्त्र भनेर विगतमा जनताको बीचमा कवुल गरिएको कुरालाई कार्यान्वयनमा लैजानुपर्छ भन्ने हाम्रो मान्यता पनि थियो’ उनले भने ।

 

 

‘यस अर्थमा समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो जे माग थियो । त्यो माग निर्वाचन कानुन अनुसार सम्बोधन नभएपनि समग गुज्रनुपूर्व नै निर्वाचनको मिति घोषणा भएको छ । हामीले त स्वाभाविक रुपमा समयमै निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा थियौं । र, हामी तयारीमा पनि जुटिसकेका छौं । अहिले देशभरीनै हामी निर्वाचन केन्द्रित एक प्रकारको प्रशिक्षण कार्यक्रम संचालन गर्दै अघि बढिरहेका छौं । नेकपा एमाले निर्वाचन तयारीमा जुटेको छ । र, अन्य दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुनका लागि म अनुरोध गर्छु’ उनले भने ।

 

 

यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज) दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताएका छन् । उनले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारेका छन् । 

 

 

‘स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गनेक्रम जारी छ । हिजो (बिहीबार) साँझसम्म ३२ वटा दल दर्ता भएकोमा अहिले करिव ४० वटा दल दर्ताका लागि निवेदन दिइएको अवस्था छ । निर्वाचन आयोगमा १०९ वटा दल दर्ता छन । फागुन १५ गतेसम्म दर्ता भएको राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ’ उनले भने ।

 

 

प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताएका छन् । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ । निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै