
रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको ४५ बर्षको उमेरमा फागुन ५ गते असामयिक निधन भएको छ ।
खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पु-याउँदै आइरहेका थिए ।
वि.सं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रवर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ ।
स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा खरेलको अथक मिहेनत, अतुलनीय निःस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेकाे सिमेन्ट उद्योगले बताएको छ । कर्मठ, निस्वार्थ सञ्चालक खरेललाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।
सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ । यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढीरहेका उनको अभाव कम्पनीका लागि मात्र नभई समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit