Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

यी हुन् मन्त्रिपरिषदका आठ निर्णय

सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिदाबारे जानकारी दिएका हुन् ।

 

उनका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

 

‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने । विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, सैद्धान्तिक स्वीकृति गर्ने । क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने । संघठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने । जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने । हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने । वैदेशिक द्रुत डाँक सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने,’ उनले भने ।

 

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्र्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै