
प्रहरीले होलिडे ट्रेडिङ प्रालीका संचालकसहित तीनजनालाई स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित मंगलबार पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले सुरुमा खिचापोखरीबाट बाराका लक्ष्मण पौडेललाई ३१ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । वृत्त जनसेवाले सोधपुछगर्दा उनले रिन्कु भन्ने अभिषेश अग्रवालले दिएको बताए ।
प्रहरीले अग्रवाललाई खोजतलासगर्दा उनी होलिडे ट्रेडिङका संचालक भएको खुलेको हो । प्रहरीले अग्रवालसहित कामदार मधुसुदन खड्का समेतलाई पक्राउ गरेको छ । घटनाको वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit