
सरकारका उपप्रधान तथा अर्थमन्त्री रहेका बिष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ । सर्वोच्च अदालतको आदेशले नवनियुक्ती गृहमन्त्री खगराज अधिकारी हटेपछि अति महत्वपूर्ण र संवेदनशील मन्त्रालय मन्त्रीविहिन बन्न पुगेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अन्य मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर बाँकी मन्त्रालयकाे जिम्मेबारी माैजुदा मन्त्रीहरूमा थपेका छन् ।
पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।
मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएकाे छ।
मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी र मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit